नियम २२
सचिवको आदेश उपरको उजुरीः
(१) ऐन वा यस नियमावली बमोजिम आयोग समक्ष परेको पुनरावेदन, निवेदन वा उजुरीका सम्बन्धमा सचिवले ……… दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेश दिएको मितिले पन्ध्र दिनभित्र आयोग समक्ष उजुरी गर्न
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै उजुरी परेमा आयोगले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सात दिनभित्र टुंगो लगाउनु पर्नेछ ।